सर्लाही । नेकपा (माओवादी केन्द्र) सर्लाहीले चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले आफ्ना उम्मेदवार चयन गरेको हो ।
जसअनुसार पार्टीले सर्लाही क्षेत्र नम्बर १ मा पूर्वसांसद प्रमोदकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसैगरी सर्लाही क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवलाइ चयन गरेको छ ।
यस्तै क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर ४ बाट डा. रजनिस रायलाई उम्मेदवार बनाइएको छ ।