सर्लाही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश सदस्य तथा सर्लाहीका नेता शिवपुजन यादवले पार्टी परित्याग गरेका छन्।
आफ्नो छोराले उम्मेदवारीको टिकट नपाएपछि उनले शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
नेता यादवका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्लाही क्षेत्र नम्बर–४ बाट टिकट दिने आश्वासन दिएका थिए । तर अन्तिम समयमा आएर छोरा अमनेस कुमार यादवलाई टिकट नदिई पार्टीले धोका दिएको उनको आरोप छ।
यादवले स्थानीय नेतृ अनिता यादवको प्रभावमा पार्टीले उनका छोरा रमेश यादवलाई उम्मेदवार बनाएको बताए। आफ्ना छोराको योगदानको मूल्याङ्कन नभएको भन्दै पार्टीभित्र आफूलाई अपमानित महसुस भएको उनको भनाइ छ।
पार्टी परित्याग गरेपछि अब अर्को राजनीतिक दलमा प्रवेश गर्ने तयारी भइरहेको समेत नेता यादवले बताएका छन्।