ट्रेन्डिङ

एमालेले टुंग्यायो पर्साका चारवटै क्षेत्रको उम्मदेवार, को कुन क्षेत्रबाट लड्दै ?

वीरगन्ज । नेकपा एमालेले पर्सामा नवप्रवेशी उम्मेदवारलाई टिकट दिएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा एमालेले जिल्लाको चारवटै निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको हो ।

पर्सा एक नम्बर क्षेत्रबाट प्रदीप यादवलाई उम्मेदवार बनाइएको छ । एमाले केन्द्रिय सदस्य विजय सरावगीका अनुसार आज निर्वाचनका सबै उम्मेदवारबारे टुुंगो लागेको हो ।

पूर्वमन्त्री यादव यसअघि जसपा नेपालका समन्वय समिति सदस्य भएका थिए । सोमबार राती जसपा नेपाल परित्याग गर्दै सोमबार राती एमालेमा प्रवेश गरेका थिए ।

पूर्वमन्त्री यादव यही क्षेत्रबाट अघिल्लो चुनावमा निर्वाचित भएका थिए । त्यसैगरी दुइ नम्बर क्षेत्रबाट एमालेले रिमा यादवलाइ उम्मेदवार बनाएको छ । उनी सिफारिसबिनै उम्मेदवार बनेको एमाले नेताहरु बताउँछन् । त्यसैगरी क्षेत्र नम्बर– ३ बाट रुपेश पाण्डे उम्मेदवार बनेका छन् । पाण्डे काठमाडौंमा व्यवसाय गर्दै आइरहेका थिए ।

पाण्डेको नाम पनि प्रदेशबाट सिफारिस नभएको प्रदेश कमिटिले जनाएको छ । चार नम्बर क्षेत्रबाट भने जिल्ला क्षेत्रबाट सिफारिस भएका जालिम मियाँलाई उम्मेदवार बनाइएको एमाले केन्द्रिय सदस्य सरावगीले जनाए ।
यसैबिच एमालेले पर्सामा सिफारिसविपरीतको उम्मेदवारलाई टिकट दिइएको भन्दै चर्को आलोचना भइरहेको छ ।

क्षेत्र, जिल्ला र प्रदेशले गरेको सिफारिस भन्दा बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कार्यकर्तामा असन्तुष्टि बढेको एमाले नेताहरु बताउँछन् ।

एमालेका पूर्व केन्द्रिय सदस्य अरबिन्द सिंहले टिकटका लागि क्षेत्र, जिल्लामा प्रतिस्पर्धा गराउनु नाटक मात्रै गरिएको टिप्पणी गरे । उनका अनुसार अहिले जति जना एमालेबाट उम्मेदवार बनेका छन, त्यसमा अधिकांश सङ्गठनको सिफारिसविपरीतका उम्मेदवार छन् ।

उनी भन्छन्, ‘जबकि एमालेको गाउँगाउँमा सङ्गठन छ, ती सङ्गठन कसलाई उम्मेदवार बनाउँदा पार्टी जित्छ त्यो व्यक्तिलाई सिफारिस गरेको हुन्छ तर यहाँ मनोपरी गरी टिकट दिइएको छ । जुन बेठिक हो ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै