ट्रेन्डिङ

धनकौलको दलित बस्तीमा लायन्स क्लब जनकपुरधाम जानकीद्वारा न्यानो कम्बल वितरण

सर्लाही । लायन्स क्लब अफ जनकपुरधाम जानकीले सर्लाही जिल्लाको धनकौलस्थित दलित बस्तीमा जाडोयामको कठ्याङ्ग्रिने चिसोबाट जोगाउने उद्देश्यले न्यानो कम्बल वितरण गरेको छ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता तथा वरिष्ठ समाजसेवी बैजनाथ प्रसाद सिंहले गरेका हुन्।

सो अवसरमा आर्थिक रूपमा कमजोर, असहाय तथा दलित समुदायका ४८ परिवारलाई न्यानो कम्बल प्रदान गरिएको क्लबले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै समाजसेवी सिंहले मानवसेवामै सबैभन्दा ठूलो पुण्य निहित रहने उल्लेख गर्दै सामाजिक संस्थाहरूले राज्यका पहुँच नपुगेका वर्गसम्म सेवा पुर्‍याउनु अत्यन्तै आवश्यक रहेको बताए।

लायन्स क्लबले निरन्तर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको भन्दै उनले प्रशंसा समेत गरे।

सिंहले यसअघि धनकौलमै बैजनाथ आमा तथा बाल अस्पताल स्थापना गर्न निजी स्वामित्वको १२ कठ्ठा जग्गा दान गरिसकेको जानकारी मधेस प्रदेश नेपाली कांग्रेसको सूचना तथा सञ्चार प्रचारप्रसार विभागका सचिव निकेश त्रिपाठीले दिएका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा लायन्स क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

सहयोग पाएपछि लाभग्राहीहरूले कठोर जाडोयाममा राहत मिलेको भन्दै आयोजकप्रति कृतज्ञता व्यक्त गरेका छन्।

लायन्स क्लब अफ जनकपुरधाम जानकीले भविष्यमा पनि समुदाय केन्द्रित सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै