ट्रेन्डिङ

मधेस प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह नियुक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनील रञ्जन सिंह नियुक्त भएका छन्।

मधेसका प्रदेश प्रमुख सुरेन्द्र लाभले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम डा. सिंहलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार सलही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सुनील रञ्जन सिंहलाई २९ गतेदेखि लागू हुने गरी मुख्य न्यायाधिवक्ताको जिम्मेवारी प्रदान गरिएको हो।

मुख्य न्यायाधिवक्ताका रूपमा डा. सिंहले मधेस प्रदेश सरकारको कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकारको तर्फबाट अदालती बहससमेत गर्ने जिम्मेवारी रहनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै