ट्रेन्डिङ

राष्ट्रिय सभा निर्वाचन : एमालेबाट ८ जना मैदानमा, मधेसबाट कसको उम्मेदवारी ?

काठमाण्डौँ । राष्ट्रिय सभा निर्वाचनका नेकपा एमालेले आफ्ना आठ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।

सात वटै प्रदेशबाट निर्वाचनमा सहभागी हुने उम्मेदवारको अन्तिम सूची पार्टीले सार्वजनिक गरेको हो ।

जसअनुसार मधेस प्रदेशबाट रेखा झालाई राष्ट्रिय सभा सदस्य पदका लागि अघि सारिएको छ । यसैगरी कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल छनोट भएका छन् ।

यता बागमती प्रदेशबाट प्रेम दंगाल तथा गण्डकी प्रदेशबाट सम्झना देवकोटा राष्ट्रिय सभा सदस्यका उम्मेदवार रहेका छन्।

त्यसैगरी लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्रीलाई अघि सार्दा उता कर्णाली प्रदेशबाट मीना रखालको नाम टुंगो लगाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका हुँदैछ । १८ जना सदस्यका लागि हुने निर्वाचनमा बुधबार (आज) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै