काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्वदेशी बजारमा पनि सुनको मूल्य निरन्तर उतार–चढावमा रहेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति र माग–आपूर्तिको अवस्थाले आगामी दिनमा पनि बहुमूल्य धातुको मूल्यमा परिवर्तन देखिन सक्ने अनुमान गरिएको छ।