ट्रेन्डिङ

निषेधाज्ञा तोड्ने २६ जना पर्सा प्रहरीको हिरासतमा

वीरगन्ज । पर्सा प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनमा उत्रिएका २६ जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने, प्रहरीमाथि ढुङ्गामुढा गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू विभिन्न समुदायका छन्।

वीरगन्जको अवस्था तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको छ।

निषेधाज्ञा जारी हुँदाहुँदै पनि हिन्दुवादी संगठनहरूले महानगरका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका थिए, जसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।

यसअघि जनकपुरमा मस्जिदमाथि भएको आक्रमणको विरोधमा आइतबार बिहान मुस्लिम समुदायले प्रदर्शन गरेका थिए।

त्यसपछि हिन्दु देवी–देउतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी संगठनहरूले सोमबार वीरगन्जमा प्रदर्शन गरेका हुन्।

प्रहरीले हाल अवस्था नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै