ट्रेन्डिङ

वीरगन्जमा पुनः तनाव, हिन्दुवादी सङ्गठनको प्रदर्शनपछि सुरक्षा सतर्कता बढाइयो

वीरगन्ज । वीरगन्ज आज बिहानदेखि पुनः तनावग्रस्त बनेको छ ।

विभिन्न हिन्दुवादी सङ्गठनले प्रदर्शन थालेपछि महानगर क्षेत्रको अवस्था संवेदनशील बनेको हो ।

हिन्दुवादी सङ्गठनहरूले हिन्दू देवी–देवतामाथि अभद्र तथा आपत्तिजनक टिप्पणी गरिएको आरोप लगाउँदै त्यसको विरोधस्वरूप प्रदर्शन गरेको जनाएका छन् ।

उनीहरूले धर्मप्रति अपमानजनक अभिव्यक्ति र अफवाह फैलाउनेविरुद्ध कडा कारबाहीको माग समेत गरेका छन् ।

यसअघि धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो ।

सो घटनापछि सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएपछि वीरगन्जमा दुबै समुदायका गतिविधि बढेका हुन् ।

पर्सा प्रहरीका अनुसार हाल मुस्लिम र हिन्दु दुवै समुदाय वीरगन्जका विभिन्न स्थानमा एक–अर्काविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

सम्भावित झडप रोक्न सुरक्षाका लागि मकालु चोक क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार मकालु चोकबाट मुस्लिम बहुल क्षेत्र छपकैयातर्फ जान रोक लगाइएको छ भने छपकैयाबाट मकालु चोकतर्फ आवागमन पनि अस्थायी रूपमा बन्द गरिएको छ ।

प्रशासन र सुरक्षाकर्मीहरूले शान्ति सुरक्षा कायम राख्न उच्च सतर्कता अपनाइएको बताएका छन् ।

Screenshot
Screenshot
Screenshot
Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै