ट्रेन्डिङ

सुन तोलामा आज एकैदिन ४ हजार ६ सयले बढ्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै बढेको हो।

अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणसँग सम्बन्धित घटनाक्रमपछि विश्व बजारमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्दा यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहने भए पनि सोमबार खुलेसँगै सुनको मूल्य तीव्र गतिमा उक्लिएको हो।

विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको बताइएको छ।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ।

सोमबार चाँदीको भाउ तोलामा १८५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै