काठमाण्डौँ । झापाको भद्रपुर विमानस्थलमा विमान दुर्घटना भएको छ ।
भद्रपुर विमानस्थलमा शुक्रबार राती बुद्ध एयरको जहाज दुर्घटना भएको हो ।
रनवेमा चिप्लिएर विमान दुर्घटनामा परेको हो । जहाजमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।
विमानमा कति यात्रु थिए भन्नेबारे खुलेको छैन ।