ट्रेन्डिङ

मधेस सरकारले पायो पूर्णता, भयो- मन्त्रीपरिषद विस्तार

जनकपुर । मधेस प्रदेशमा करिब एक महिनादेखि अधुरो रहेको सरकार अन्ततः पूर्ण बनेको छ ।

मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

तेस्रो चरणको विस्तारसँगै मुख्यमन्त्रीसहित मधेस प्रदेश सरकार १२ सदस्यीय बनेको छ ।

यसअघि चरणबद्ध रूपमा विस्तार हुँदै आएको मन्त्रिपरिषद् आज ६ जना नयाँ मन्त्री थपिएसँगै पूर्ण भएको हो, जसलाई प्रदेश सरकारको प्रशासनिक गति बढाउने कदमका रूपमा हेरिएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ गराएका हुन् ।

मन्त्रिपरिषद् विस्तारसँगै मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै