काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज उल्लेखनीय गिरावट देखिएको छ।
एकैदिन सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घट्दै नयाँ दर कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ तोकिएको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट आएको छ।
सोमबार चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
आइतबार चाँदीको कारोबार मूल्य ४ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको उतार–चढावको प्रभावले आन्तरिक बजारमा सुन–चाँदीको मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरू बताउँछन्।