ट्रेन्डिङ

वीरगन्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न

२५ प्रतिशत बजेट पून थप गरिने

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ ।

सोमबार सम्पन्न अधिवेशनबाट यसअघि गएको असोजमा भएको विशेष अधिवेशनमा कटौती गरिएको वडाको २५ प्रतिशत बजेटलाई पून थप गर्ने प्रस्ताव पारित गरेको छ ।

गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका कारण महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो ।

पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी दिएका थिए । अहिलेसम्म बिनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उनको भनाइ छ ।

यो बिनियोजित बजेटको ३३ प्रतिशत खर्च हो । चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत रहेको प्रमुख सिंहले बताए ।

महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य समेत राखेको छ ।

अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै