रौतहट । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ बाट उम्मेदवार छनोट गर्दै चार जनाको नाम सिफारिस गरेको छ।
पार्टीको सम्बन्धित कमिटी बैठकले आवश्यक छलफलपछि चार सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस गरिएका नामहरूमा युवराज भट्टराई ‘समीर’, रामकुमार भट्टराई, देबेन्द्र पटेल र आशिष लामा (जेनजी युवा) रहेका छन्।
बैठकले पार्टीको नीति, सिद्धान्त तथा स्थानीय जनसमर्थनलाई ध्यानमा राख्दै यी नामहरू सिफारिस गरिएको जनाएको छ।
पार्टीका अनुसार अन्तिम उम्मेदवारको टुंगो केन्द्रिय कमिटीको निर्णयपछि लाग्नेछ।
सिफारिस बैठकले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाउने निर्णय समेत गरेको जनाइएको छ ।