ट्रेन्डिङ

जसपा नेपालको जनकपुर र वीरगन्जमा प्रदेशस्तरीय विरोध सभा कहिले ?

जनकपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका प्रमुख सहर जनकपुर र वीरगन्जमा प्रदेशस्तरीय विरोध सभा आयोजना गर्ने भएको छ।

पार्टीले उठाएका २८ बुँदे मुख्य माग र विभिन्न राष्ट्रिय मुद्दालाई केन्द्रमा राख्दै जसपा नेपालले ती सहरमा विरोध सभा गर्न लागेको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार मधेस प्रदेशको राजधानी जनकपुरमा पुस १४ गते र वीरगन्जमा पुस १५ गते प्रदेशस्तरीय विरोध सभा आयोजना गरिनेछ।

यी सभामार्फत सरकारको नीतिविरुद्ध आवाज उठाउँदै जनताका मागलाई सशक्त रूपमा अघि सारिने उनको भनाइ छ।

बस्नेतले बताएअनुसार जसपा नेपालले यसअघि नै विभिन्न चरणका सङ्घर्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पार्टीले संसदीय निर्वाचन क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम, कोण सभा, प्लेकार्ड तथा ब्यानरसहितका प्रदर्शन, साथै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना र जिल्लास्तरीय जनसभा गर्दै आएको थियो।

यसबिच पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिसकेको जनाएको छ।

अब जनकपुर र वीरगन्जमा हुने विरोध सभालाई मधेस केन्द्रित आन्दोलनको महत्वपूर्ण चरणका रूपमा लिइएको जसपा नेपालको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै