काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ ।
एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्दै सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघिल्लो दिन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एकाएक बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
पछिल्ला दिनयता सुनको भाउले लगातार नयाँ उचाइ बनाइरहेको महासंघले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य पनि उच्च दरमै अघि बढिरहेको छ ।
मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदीले पनि केही दिनदेखि निरन्तर उच्च मूल्यको रेकर्ड बनाइरहेको देखिन्छ ।