ट्रेन्डिङ

सर्लाहीमा प्रहरीबाट १ लाख ८० हजार बढी अवैध गाँजाका बोट नष्ट

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिकामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

आज सर्लाहीको लालबन्दी नगरपालिका-१४ अन्तर्गत प्रताटोल, हात्ति सुढे, मत्स्य दोभान शिर र चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट तथा फडानी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरीबाट खटिएको १२८ जनाको टोली आज बिहान ११ बजेदेखि फडानी सुरु गरेको थियो।

प्रहरीका अनुसार, फडानीमा करिब ३५ बिगहा क्षेत्रमा लगाईएको करिब १ लाख ८० हजार बढी अवैध गाँजाका बोट नष्ट गरिएको हो ।

प्रहरीका अनुसार बिहानदेखि सुरु भएको फडानी कार्य आज साँझ ५:४० बजे सम्म करिब साढे पाँच घन्टा चलेको थियो ।

फडानी कार्यले स्थानीय क्षेत्रमा अवैध लागुऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै