वीरगन्ज । पर्साका क्रियाशील पत्रकारहरूको भेलाबाट राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन गरिएको छ।
आइतबार वीरगन्जमा सम्पन्न भेलाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा विनोद पटेल र विमला गुप्ता चयन भएकी छन भने सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल चयन भएको संघले जनाएको छ ।
यसैगरी, संघको सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका छन ।
समिति गठनका लागि आयोजित भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा तथा पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनालको विशेष उपस्थिति रहेको थियो।