ट्रेन्डिङ

सभामुख निर्वाचनका लागि मधेसका ६ दलद्वारा ह्वीप जारी

गठबन्धन उम्मेदवार रामअशिष यादवको पक्षमा मतदान गर्न निर्देशन

जनकपुर। मधेस प्रदेश सभामा आज हुने सभामुख पदको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ गठबन्धनमा आबद्ध ६ दलले ह्वीप जारी गरेका छन्।

गठबन्धनका साझा उम्मेदवारको पक्षमा अनिवार्य रूपमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिँदै आइतबार बिहान सबै छ दलले ह्वीप जारी गरेका हुन्।

सत्तारुढ गठबन्धनले सभामुख पदका लागि रामअशिष यादवलाई साझा उम्मेदवार बनाएको छ।

ह्वीपमार्फत गठबन्धन दलहरूले प्रदेश सभा सदस्यहरूलाई गठबन्धनको निर्णयअनुसार मतदान गर्न निर्देशन दिएका छन्।

मधेस प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सूचना अनुसार आज दिउँसो १ बजेदेखि सभामुख निर्वाचनको कार्यतालिका रहेको छ।

निर्धारित समयअनुसार सदनको बैठक सुरु भएपछि सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

सभामुख निर्वाचनलाई प्रदेश सभाको महत्वपूर्ण प्रक्रिया मानिएको छ।

निर्वाचन सम्पन्न भएसँगै लामो समयदेखि रिक्त रहेको सभामुख पद पूर्ति हुने र प्रदेश सभाको विधायी तथा संसदीय गतिविधि नियमित हुने जनाइएको छ।

प्रदेश सभामा रहेका सबै दलका सांसदहरू निर्वाचनमा सहभागी हुने तयारीमा छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै