ट्रेन्डिङ

जसपा नेपालको भागमा सभामुख पद, कसको पर्दैछ नोमिनेशन ?

जनकपुर । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज उम्मेदवारी दर्ता (नोमिनेशन) को कार्यतालिका तय गरिएको छ ।

प्रदेश सभाले आजका लागि नोमिनेशन दर्ताको समय निर्धारण गरेसँगै राजनीतिक दलहरू आन्तरिक तयारीमा जुटेका छन् ।

सत्तारुढ गठबन्धनबीचको भागबन्डाअनुसार सभामुख पद जसपा नेपालले पाएको छ ।

सोही सहमतिअनुसार जसपा नेपालले आज आफ्नो आधिकारिक उम्मेदवारको तर्फबाट नोमिनेशन दर्ता गराउने तयारी गरेको छ ।

यद्यपि, पार्टीले अहिलेसम्म सभामुखका लागि उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक भने गरिसकेको छैन ।

पार्टी स्रोतका अनुसार प्रदेश सांसद मनिष सुमन र रामआशिष यादव सभामुख पदका प्रमुख दाबेदारका रूपमा देखिएका छन् ।

तर, यीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा जसपा नेपालले अन्तिम निर्णय गर्न बाँकी रहेको बताइएको छ ।

पार्टीभित्र आन्तरिक छलफल जारी रहेको र नोमिनेशनअघि नाम टुंगो लाग्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

जसपा नेपालको आधिकारिक उम्मेदवारलाई सत्तारुढ गठबन्धनमा रहेका छ दलले समर्थन गर्ने सहमति भइसकेको छ ।

प्रदेश सभाको कार्यालयले यसअघि नै यही ६ गते सभामुख पदको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आजको नोमिनेशन प्रक्रियासँगै मधेश प्रदेश सभामा नयाँ सभामुख चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै