ट्रेन्डिङ

कुन प्रदेशमा आज कस्तो रहला मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ भने देशका अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर देखिएको छैन ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ ।

बाँकी भूभागमा मौसम प्रायः सफा छ भने तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै