काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन शुक्रबार २ हजार रुपैयाँले घट्दै २ लाख ५८ हजार ४०० रुपैयाँमा झरेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ।
बिहीबार प्रतितोला ४ हजार ८० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर प्रतितोला ४ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै घरेलु बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।