काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।