वीरगन्ज । वीरगन्जको रेल्वे रोडस्थित एक गोदामबाट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ।
प्रहरी प्रमुख सुदीपराज पाठकको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त गोदाममा छापा मारेर सुपारी बरामद गरेको हो।
प्रहरी स्रोतका अनुसार गोदामबाट दुई ट्रक सुपारी फेला परेको छ।
बरामद गरिएको सुपारीको स्रोत र कागजातको वैधताबारे हाल अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
कागजात परीक्षणपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जानकारी दिएको छ।