जनकपुर । मधेस प्रदेश सभाको सदनको बैठक सुरु भएको छ।
सभामुख चयनको प्रक्रिया अगाडि बढाउनका लागि बैठक आह्वान गरिएको हो।
तोकिएको समयभन्दा करिब १ घन्टा ढिलो गरी बैठक सुरु भएको प्रदेश सभाले जनाएको छ।
सभामुख चयनलाई मुख्य कार्यसूचीका रूपमा राखेर बैठक सञ्चालन गरिएको हो।
यसअघि राजनीतिक दलहरूबीच सहमति जुटाउन प्रयास भए पनि अन्तिम समयमा बैठक ढिलाइ भएको बताइएको छ।
प्रदेश सभामा सभामुख चयन हुन नसक्दा लामो समयदेखि सदनका नियमित कामकारबाही प्रभावित हुँदै आएका छन्।