ट्रेन्डिङ

ओली नआउँदा मतदानमा एक घन्टा ढिलाइ

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान बुधवार पनि सुरु हुन सकेको छैन।

बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका रहे पनि ९ बजेसम्म मतदान प्रक्रिया अघि बढ्न नसकेको हो।

अध्यक्ष केपी शर्मा ओली मतदानस्थलमा पुगेपछि मात्रै मतदान सुरु गरिने जनाइएको छ।

तर, बिहान ९ बजेसम्म पनि ओली भृकुटीमण्डपस्थित मतदानस्थलमा नपुगेको जनाइएको छ।

यसैबीच मतदानमा सहभागी हुन नेता–कार्यकर्ता मतदानस्थलमा लाइन लागेर बसेका छन्।

अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेल भने यसअघि नै मतदानस्थल पुगिसकेका छन्।

यसअघि मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो।

उक्त मतदान आज बिहानका लागि सारिए पनि पुनः ढिलाइ भएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै