जनकपुर । मधेस प्रदेश सभाको बैठक आज बस्दैछ।
प्रदेश सभाले आज दिउँसो १ बजेदेखि सदनको बैठक बोलाएको हो।
मधेस प्रदेश सभाकी उपसभामुख बबिता इसरका अनुसार कार्य परामर्श समितिको बैठकको सुझावअनुसार सभामुख चयनको प्रक्रिया अघि बढाउनका लागि सदनको बैठक आह्वान गरिएको हो।
मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएपछि लामो समयसम्म प्रदेश सभाको बैठक नबस्दा सदन स्थगित अवस्थामा थियो।
अब भने रोकिएको सदन सभामुख चयनसम्बन्धी कार्यसूचीसहित सञ्चालन हुन लागेको हो।