ट्रेन्डिङ

पश्चिम वायुको आंशिक प्रभाव: कहाँको मौसम कस्तो रहनेछ ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिम वायुको आंशिक प्रभाव कायमै रहेको छ।

यसको असरका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले जनाएअनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम खुल्ला रहने छ।

त्यस्तै, आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै