ट्रेन्डिङ

मधेशमा आज मन्त्रीमण्डल विस्तार, कुनकुन दलले लिँदैछ शपथ ?

जनकपुर । मधेश प्रदेशमा ६ दलिय सहमतिअनुसार आज मन्त्रीमण्डल विस्तार गरिने भएको छ।

बाँकी रहेका तीन दलबाट एक–एक जना मन्त्री थपिने तयारी भएको हो।

मुख्यमन्त्री कृष्णा यादवका अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा माओवादी केन्द्रबाट एक–एक जनालाई आज मन्त्रीमा शपथ गराउने तयारी गरिएको छ।

उनका अनुसार बिहान बसेको सत्तारुढ दलहरूको बैठकमा भएको समझदारीअनुसार मन्त्रीमण्डल विस्तार गर्न लागिएको हो।

स्रोतका अनुसार आज शपथ लिने सबै मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाउने तयारी गरिएको छ।

यद्यपि शपथग्रहण कार्यक्रमको समय भने अझै तय भइनसकेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

मधेश प्रदेश सरकार गठनपछि बाँकी दललाई समेट्दै सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल विस्तार गर्न लागिएको बताइएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै