ट्रेन्डिङ

मधेस मुख्यमन्त्री यादवले ४ पुसमा विश्वासको मत लिने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री निवास मधेश भवनमा सोमबार बसेको सात दलको संयुक्त बैठकले पुस ४ गते प्रदेश सभामा विश्वासको मत लिने निर्णय गरेको हो।

बैठकपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले सहमतिअनुसार विश्वासको मत लिने तयारी गरिएको जानकारी दिए।

उनका अनुसार यदि दलहरूबीच सहमति जुटेमा विश्वासको मतअघि नै सबै दलबाट एक–एक जना मन्त्री नियुक्त गरिनेछ।

सहमति नजुटेमा भने विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार गरिने उनले बताए।

नेकपा एमालेको हाल महाधिवेशन जारी रहेकाले सबै दलको सहज सहभागिता सुनिश्चित गर्न पुस ४ गते विश्वासको मत लिने सहमति भएको नेता यादवले स्पष्ट पारे।

यसैबीच, उनले मधेस प्रदेश सभाको सभामुख पद आफूहरूकै भागमा पर्ने दाबी पनि गरे।

नयाँ सभामुख चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आगामी पुस २ गते प्रदेश सभा बैठक आह्वान गरिएको छ।

छ दलको समर्थनमा मुख्यमन्त्री बनेका यादव नेतृत्वको मन्त्रिपरिषद् हाल आंशिक रहेको छ।

मन्त्रिपरिषद्मा जनमत पार्टीका संसदीय दलका नेता अर्थमन्त्रीका रूपमा छन् भने नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेल र नेपाली कांग्रेसका जंगिलाल राय बिना विभागीय मन्त्रीको जिम्मेवारीमा छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै