काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ रहेको थियो ।
एकै दिनमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ३ हजार ८३५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेकै कारण त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।