ट्रेन्डिङ

आजको मौसम यस्तो रहनेछ

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले जनाएको अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै