जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गरेको छ।
आजदेखि सुरु हुने महाधिवेशनका लागि पार्टीले विभिन्न क्षेत्र र समूहको प्रतिनिधित्व हुने गरी प्रतिनिधि मनोनयन गरेको हो।
मनोनीत प्रतिनिधिमध्ये मधेस प्रदेशबाट भने दुई जना मात्रै परेका छन्।
पार्टीका अनुसार धनुषा र सर्लाहीबाट एक–एक जना गरी दुई जनालाई मनोनीत गरिएको हो।
मधेसबाट मनोनीत हुनेमा धनुषाबाट महम्मद कैस र सर्लाहीबाट सरस्वती सुब्बा रहेकी छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सुरु हुँदैछ।
