ट्रेन्डिङ

रौतहटमा स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–११, भगवानपुरका ३६ वर्षीया मुनाप्रसाद जयसवाल रहेका छन्।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर नगरपालिका–३ को लालबकैया बाँधस्थित जयनगर सडकखण्डमा चेकजाँच गर्दा जयसवाललाई नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३–०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार जयसवालमाथि शंका उत्पन्न भएपछि गरिएको तलासीमा उनको साथबाट ठूलो परिमाणको नगद फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रकमको स्रोतबारे कुनै विश्वसनीय स्पष्टीकरण दिन नसकेपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै