ट्रेन्डिङ

मधेस प्रदेश सरकारका सत्तारुढ दलहरूको बैठक स्थगित, अब कहिले बस्नेछ ?

जनकपुर । मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको मिति तय गर्नका लागि शुक्रबार बोलाइएको मधेस प्रदेश सरकारमा सहभागी सत्तारुढ दलहरूको बैठक अचानक स्थगित भएको छ।

पहिले तय भएको कार्यक्रमअनुसार बैठक मधेस भवनमा शुक्रबार बिहान ११ बजे बस्ने तयारी थियो।

तर सत्तारुढ दलका केही शीर्ष नेता बाहिर रहेकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

उनका अनुसार अब अर्को बैठक आइतबार बस्ने गरी तयारी भइरहेको छ।

मधेसमा कांग्रेस नेतृत्वमा गठन भएको नयाँ सरकारको आज ८ दिन पुगेको छ ।

मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र र लोसपालगायत ६ दलीय गठबन्धनको समर्थनमा कृष्णा यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री यादवले पदभार सम्हालेपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

एक जनालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दुई जना बिना विभागीय मन्त्रीका रूपमा समावेश भएका छन्।

तर, मन्त्रालय बाँडफाँड, मन्त्रिपरिषद् विस्तार र सरकारले लिनुपर्ने विश्वासको मतको समयबारे अझै टुंगो नलाग्दा गठबन्धनभित्र सहमति र समन्वयको प्रश्न पुनः उठ्न थालेको चर्चा चुलिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै