सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको ठूलो मात्राको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बरियारपट्टी गाउँपालिकाबाट पक्राउ परेका वडा नम्बर–३ निवासी दिनेश महतो रहेका छन्।
महतो भारतीय नम्बर प्लेटको बीआर ३२ ए डब्लु ८३७७ मोटरसाइकलमा सवार रहेका बेला प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलभित्र लुकाइराखिएको ७ लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो बरामद रकमको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको रकम, मोटरसाइकल र महतोलाई आवश्यक कानुनी कारबाहीका लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।