वीरगन्ज । पर्सामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ ।
भारततर्फ लैजाँदै गरिएको अवस्थमा सशस्त्र प्रहरीले ९१ किलो गाँजा नियन्त्रणमा लिएको छ।
सिमावर्ती क्षेत्रमा सक्रिय तस्करी तथा लागु औषध ओसारपसार रोक्ने अभियान अन्तर्गत ठोरी गाउँपालिका–४ निर्मल बस्तीबाट उक्त गाँजा बरामद गरेको हो ।
फेला परेको प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ।
सिमावर्ती क्षेत्रमा भइरहेका लागु औषध ओसारपसार तथा अवैध तस्करी गतिविधि समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने भन्दै सशस्त्र प्रहरीले पर्सा क्षेत्रमा निगरानी र नियन्त्रण कडा बनाएको जनाएको छ।
सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले निरन्तर कारबाही र नियमित गस्ती तीव्र पारिएको छ।