काठमाडौँ । बजारमा आज सुनचाँदीको मूल्य बुधबारको तुलनामा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार यसको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ।
आज प्रतितोला ३ हजार ८०५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ, जुन बुधबार ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुमा उछाल देखिएको छ।
विश्व बजारमा एक औँस सुन ४ हजार २४२ अमेरिकी डलर र चाँदी ६२ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।