ट्रेन्डिङ

उम्मेदवार सिफारिसमा कमी भेटिएपछि कांग्रेसको नयाँ निर्देशन, के- के दियो चेतावनी?

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सदस्य पदका लागि तोकिएका मापदण्डअनुसार उम्मेदवार सिफारिस गर्न सबै तहका पार्टी संरचनालाई पुनः निर्देशन दिएको छ।

केन्द्रीय कार्यालयले जारी गरेको परिपत्रमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूले १५ र १७ मंसिरमा पठाइएका निर्देशिका पूर्ण रूपमा नअपनाएको टिप्पणी गर्दै पुनः ध्यानाकर्षण गराइएको छ।

केही समितिहरूले मापदण्ड र तोकिएको संख्यामा पर्याप्त ध्यान नदिएको कार्यालयको निष्कर्ष छ।

परिपत्रमा पार्टीको विधान–२०१७ (संशोधनसहित) तथा कार्यालयले तोकेको नियमावलीअनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न स्पष्ट निर्देशन गरिएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा सबै तहमाथि तोकिएको संख्याभित्र रहेर, निर्धारित मापदण्डको आधारमा र समयसीमाभित्रै नाम सिफारिस पठाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै