ट्रेन्डिङ

रौतहटमा साढे चार किलोमिटर सडक कालोपत्रे सुरु, प्रदेश सांसद भट्टराइद्वारा शिलान्यास

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको विश्रामपुर–बेनौलि–नरकटैया–हर्दियाम नाला हुँदै जोडिने साढे चार किलोमिटर लम्बाइको सडक कालोपत्रे परियोजनाको शिलान्यास गरिएको छ।

प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराइ (समीर) ले आज एक कार्यक्रममा उक्त सडक कालोपत्रे कार्यको शिलान्यास गरेका हुन्।

सडक निर्माणको लागत १२ करोड ७८ लाख रुपैयाँ रहेको छ।

स्थानीय बासिन्दाले वर्षो वर्षदेखि अपेक्षा गर्दै आएको यो सडक निर्माण सम्पन्न भएपछि बस्तीहरूबीच आवागमन सहज हुने, व्यापार व्यवसाय विस्तारमा मद्दत पुग्ने र नगरपालिकाको समग्र विकासमा योगदान पुग्ने बताइएको छ।

शिलान्यास कार्यक्रममा सांसद भट्टराइले योजनालाई गुणस्तरीय रूपमा र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै प्रदेश सरकार विकास निर्माणमा गम्भीर रूपमा लागेको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै