ट्रेन्डिङ

बुधबार सुन महँगियो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको मध्यदिन बुधबार सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको हो।

यो मूल्य मंगलबारको तुलनामा २०० रुपैयाँले बढी हो।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा भने सुनको तुलनामा धेरै नै वृद्धि भएको छ।

मंगलबार प्रतितोला ३,६०० रुपैयाँमा रहेको चाँदी बुधबार उक्लिँदै ३,७५० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र आन्तरिक माग आपूर्तिको स्थितिसँगै नेपाली बजारमा सुनचाँदीको मूल्य परिवर्तन भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै