ट्रेन्डिङ

मधेस उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा एमाले नेता शिवशंकर साह भारतबाट पक्राउ

जनकपुर । नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह (हिरा) भारतबाट पक्राउ परेका छन्।

मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका साहलाई भारतको सीतामढीबाट पक्राउ गरी मंगलबार साँझ धनुषा प्रहरीले बुझाएको हो।

साहले जनकपुरमा सञ्चालन गरेको होटलमा एक नाबालिकासम्बन्धी गम्भीर मुद्दामा अनुसन्धान अघि बढेपछि प्रहरी सक्रिय भएको थियो।

सो क्रममा उनका दाजु मनोज साहलाई केही दिनअघि पक्राउ गरिएको थियो।

दाजु पक्राउपछिको अनुसन्धानले हिरा साह भारतमा रहेको पुष्टि भएपछि भारतीय सुरक्षा निकायको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधामका मेयर पदका उम्मेदवारसमेत रहेका थिए।

उद्योग वाणिज्य क्षेत्रमा सक्रिय पाइने उनी मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।

यसै मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित बालिकाका मामासमेत पक्राउ परेका छन्।

घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै