काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएका कारण मौसम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि अन्य प्रदेशका अधिकांश भूभागमा आकाश सफा र मौसम सामान्य रहेको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले बताएको छ ।
तर बाँकी भूभागमा मौसम मुख्यतया साफसुग्घर नै रहने अनुमान गरिएको छ।
यस्तै, आज राति देशभर मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।
स्थिर वातावरणीय स्थितिका कारण तापक्रम क्रमशः घट्दै जाने सम्भावना पनि रहेको जानकारी दिइएको छ।