ट्रेन्डिङ

नारायणी एफएमको २०औं वार्षिकोत्सव, उत्कृष्ट तीनजना समाचार वाचक सम्मानित

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये तीन जना उत्कृष्ट विजेता घोषित गरिएका छन् ।

प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय भएको नारायणी एफएमले जनाएको छ ।

पहिलो भएका तिमिल्सिनाले नगद २० हजार प्राप्त गरेका छन् भने खरेलले १५ हजार र तृतीय भएका विकले १० हजार नगद पुरस्कार प्राप्त गरेका हुन ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट समाचार वाचन गरेका सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटाले जनही ५/५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सीडिओ भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक, सखुवाप्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै