ट्रेन्डिङ

सर्लाहीमा रेडक्रसको नाममा दर्ता एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । सर्लाहीमा प्रहरीले एम्बुलेन्समार्फत लुकाइ–छिपाइ गरेर लैजाँदै गरिएको ५१ किलो गाँजा फेला पारेपछि एक जनालाई पक्राउ गरेको छ।

हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट शंकास्पद अवस्थामा गुडिरहेको एम्बुलेन्सलाई आज बिहान प्रहरीले रोकेर जाँच गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता ज१च १५५८ नम्बरको सो एम्बुलेन्स गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा एम्बुलेन्सभित्र ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै