जनकपुर । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीको शपथग्रहणअघि नै मन्त्रालय भागबन्डा मिलाउने उद्देश्यसँगै सर्वदलीय बैठक बसिरहेको छ।
आज बिहानदेखि निरन्तर चलिरहेको बैठकमा गठबन्धनमा सहभागी दलहरूले भागबन्डा टुंगो लगाउने प्रयास गरिरहेका छन्।
शनिबार डाकिएको बैठकमा मन्त्रालय बाँडफाँडको मोटामोटी खाका बने पनि ६ दलबिच अन्तिम सहमति बन्न सकेको छैन।
कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा मतैक्य नजुटेपछि आज फेरि दलहरू छलफलमा बसेका हुन्।
सर्वदलीय बैठकबाट मन्त्रालय संख्याको टुंगो लगाएर भागबन्डामा सहमति भएलगत्तै नयाँ मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण समारोह अघि बढाइने प्रदेश सरकार स्रोतले बताएको छ।
शपथग्रहणअघि नै भागबन्डा निष्कर्षमा पुर्याउने प्रयास जारी रहेको र सहमति बनेपछि मन्त्रालय सूची सार्वजनिक गरिने जनाइएको छ।