ट्रेन्डिङ

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनका लागि आह्वान, शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा

जनकपुर । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।

उनले शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा तोक्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

यसअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने स्थिति देखिँदा राजीनामा दिएका थिए। यादवको राजीनामा प्रदेश प्रमुख कर्णले स्वीकृत गरेका छन्।

स्वीकृतिसँगै मौजुदा मन्त्रिपरिषद्ले कार्यवाहक भूमिकामा प्रदेश प्रशासन सञ्चालन गर्नेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै