काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढाव र आन्तरिक माग बढेसँगै नेपालमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ११० रुपैयाँले बढेर ३ हजार ६ सय ५५ रुपैयाँ प्रतितोला पुगेको छ।
मंगलबार सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ५४५ रुपैयाँ प्रतितोला थियो।