जनकपुर । निर्धारित समयभन्दा करिब दुई घन्टा ढिलोगरी मधेस प्रदेशसभाको बैठक सुरु भएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने भएपछि बोलाइएको आजको विशेष बैठक अब मात्र प्रारम्भ भएको हो।
बिहान साढे ८ बजे बस्ने कार्यसूची रहे पनि सुरक्षा कडाइ, तयारी प्रक्रिया र आन्तरिक समन्वयमा समय लागेपछि बैठक दुई घन्टा ढिलाइमा सुरु भएको सचिवालयले जनाएको छ।
विश्वासको मत प्रक्रियाका लागि प्रदेशसभा सदस्यहरू समयमै उपस्थित भए पनि बैठक भने तोकिएको समयमा चल्न सकेको थिएन ।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएपछि आजको बैठक बोलाइएको हो।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकोमा सरकारलाई निरन्तरता दिन कम्तीमा ५४ मत आवश्यक पर्छ।